नेकपा एमालेले आज चन्द्रागिरि नगरका विभिन्न पाँच स्थानमा कोण सभा आयोजना गर्ने

Thankot Times

थानकोट ।

नेकपा एमालेले आज चन्द्रागिरि नगरका विभिन्न पाँच स्थानमा कोण सभा आयोजना गर्ने भएको छ । 

सो पार्टीका चन्द्रागिरि नगर अध्यक्ष उत्तम बहादुर राउतका अनुसार नेकपा एमाले बागमती प्रदेश कमिटिको निर्देशन अनुसार नगरका सबै वडाको प्रतिनिधित्व रहने गरि कोण सभा आयोजना गर्न लागिएको हो ।

जसअनुसार अपरान्ह ४ बजे एक साथ सुरु हुने कोण सभा चेकपोष्ट चोक, थानकोट चोक, नैकाप चोक, गुर्जुधारा चोक र सतुङ्गल चोकमा सुरु हुने छ। 

अध्यक्ष राउतका अनुसार चन्द्रागिरि वडा नं. १, ५ र १२ को संयुक्त कोणसभा गुर्जुधारा चोकमा हुने । वडा नं. २, ३ र ४ को संयुक्त कोणसभा थानकोट चोकमा हुँदा वडा नं. ६, ७ र ८ को संयुक्त कोणसभा चेकपोष्ट चोकमा हुनेछ । यस्तै, वडा नं. ९, १० र ११ को संयुक्त कोणसभा सतुङ्गल चोकमा हुँदा वडा नं. १३, १४ र १५ को संयुक्त कोणसभा नैकाप चोकमा हुनेछ ।

पछिल्ला दिनहरूमा लोकतन्त्रविरुद्ध भ्रम फिँजाएको भन्दै एमालेले त्यसका विरुद्ध सभा गर्न लागेको हो ।

नेकपा एमालेले चैत १८ गते काठमाडाैं उपत्यकामा मोटरसाइकल र्‍याली गर्ने समेत निर्णय गरिसकेको छ ।

चैत १८ मा एमालेले काठमाडौंमा मोटरसाइकल र्‍याली गर्ने


Leave a Reply

Your email address will not be published. Required fields are marked *