बिहानै दुर्घटनाको खबर: गोलभेंडा बाेकेर धादिङबाट आइरहेको गाडी त्रिभुवन पार्कनजिकै दुर्घटना

Thankot Times

थानकोट ।

थानकोटस्थित त्रिभुवन पार्क नजिकै तरकारी ढुवानी गरिरहेको गाडी दुर्घटनामा परेको छ।

आइतबार बिहान धादिङबाट तरकारी बाेकेर काठमाडौं आइरहेकाे बागमती प्रदेश ० ००३- ०१ च ०९६३ नम्बरको टाटा माेबाइल सडकमै पल्टिएकाे हाे ।

दुर्घटनामा मानवीय क्षषति नभएको सवारीसाधन र ढुवानी सामाग्रीमा भने क्षति पुगेको प्रहरी वृत्त थानकोटले जनाएको छ।

बिहानीपख पानी परेका कारण बाटो चिप्लो भएको तथा मोडमा सो गाडीको गति तिव्र रहेका कारण दुर्घटना भएको हुन सक्ने बताइएको छ । यद्यपी सो विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ ।

तस्वीर: श्याम केसी 


Leave a Reply

Your email address will not be published. Required fields are marked *