सतुङ्गलस्थित एक कम्प्लेक्समा भीषण आगलागी, सयौं सुरक्षाकर्मी परिचालन, सडकमा सवारीसाधनकाे लाम

Thankot Times

थानकोट ।

सतुङ्गलस्थित राधेराधे कम्प्लेक्समा बिहीबार बिहानैदेखि लागेको आगाे अझै नियन्त्रणमा आउन सकेको छैन् ।

आगलागी नियन्त्रणमा लिन सयौं सुरक्षाकर्मी परिचालन गरिएका छन्। साे स्थलमा चन्द्रागिरि नगरपालिका, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकाका बारुण यन्त्र परिचालन गरिएका छन् ।

मुख्य सडक नजिकै भएको साे आगलागीका कारण कलंकी-थानकोट सडकमा सवारीसाधनकाे चाप बढेको छ।

आगलागीकाे कारण र क्षतिकाे विवरण आउन बाँकी छ।

तस्वीर साैजन्य: सुजना श्रेष्ठ


Leave a Reply

Your email address will not be published. Required fields are marked *