१९ वर्षीय युवाले काठमाडाैंबाट माइक्रोबस चोरेर धादिङ पुर्याएपछि…..

Thankot Times

थानकोट।

माइक्रोबस चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका–१ का १९ वर्षीय सुदीप थापा छन् ।

काठमाडौं महानगरपालिका–१६, वनस्थलीबाट उनले वाग्मती प्रदेश ०१–००२ज६७६६ नम्बरको इलेक्ट्रोनिक माइक्रोबस चोरी गरेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, गएको वैशाख २९ गते अपराह्न वनस्थलीस्थित विश्वकर्मा बाबा वर्कसप तथा चार्जिङ सेन्टरभित्रको पार्किङस्थलबाट उक्त माइक्रो चोरी गरी उनले चलाएर धादिङ पुर्‍याएका थिए ।

माइक्रोसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले जानकारी दिए ।

थापा वनस्थलीमा बस्दै आएका थिए ।

चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति प्राप्त भई उनीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *