५ लाख ७० हजार घुससहित भक्तपुरबाट इन्जिनियर पक्राउ

Thankot Times

थानकोट ।

भक्तपुरबाट एक जना इन्जिनियर घुस रकमसहित समातिएका छन् ।

सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर ५ लाख ७० हजार घुससहित पक्राउ परेकाहुन् ।

महोत्तरीको भंगहा नगरपालिका–२ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने ४२ वर्षीय सन्तोष कुमार यादवलाई प्रहरीले घुससहित पक्राउ गरेको हो ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ एक रेस्टुरेन्टबाट उनलाई घुससहित बिहीबार पक्राउ गरिएको हो ।

उनले खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानीको भन्दै विभिन्न बहानामा दुःख दिने गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले पक्राउ गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *