सगरमाथा आरोहण गरेका असई द्वय शेर्पा र छन्त्यालको एक तह बढुवा
थानकोट ।
सगरमाथा आरोहण गरेका प्रहरी सहायक निरीक्षक (असई) द्वय कुन्जाङ छोपेल शेर्पा र दन्तबहादुर छत्याल एक तह बढुवा भएका छन्।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी रमेश थापाका अनुसार शेर्पालाई असईबाट प्रहरी नायब निरीक्षक (सई)मा एक तह बढुवा गर्ने निर्णय गरेको हो। उता सशस्त्र प्रहरीले पनि असई छन्त्याललाई सईमा बढुवा गर्ने निर्णय गरेको छ।
नेपाल प्रहरीका अनुसार सोमबार बिहान ०८ः५६ बजे प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी थिइन्। उनी बिहीबार काठमाडौं आइपुग्ने तालिका रहेको छ।
यसैगरी सशस्त्र प्रहरी सहायक निरीक्षक छन्त्यालले जेठ ४ गते आइतबार बिहान ९ः२० बजे ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल भएका थिए।
दुवै प्रहरी संगठनले उनीहरूको योगदानको कदर गर्दै बढुवा गर्ने निर्णय गरेको हो।


















