राजसंस्थाबारे देउवाले सोच्दै नसोचेको कुराको भ्रम छरियो- नेपाली कांग्रेस

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले राजसंस्थाबारे पार्टी सभापति शेरबहादुर देउवाको धारणा भनेर चर्चा भइरहेको विषयबारे प्रस्ट पारेको छ ।

बिहीबार एक विज्ञप्तिमार्फत कांग्रेसले देउवाको भनाइका नाममा भ्रामक र कपोलकल्पित रूपमा प्रचारप्रसार गरिएको बताएको हो ।

“कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनी सञ्चार माध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो । उहाँले कहीँ कतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आमसञ्चारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो,” विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले अगाडि भनेको छ, “जो सुकैले यस्तो कार्य गरेको भएता पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ ।”

विज्ञप्ति हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *