गैर हाजिर भएका २१ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन गोरखापत्रमा सूचना
थानकोट ।
आफूखुसी गैर हाजिर भएका हवल्दारसहित २१ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले (आज) आइतबार एक सूचना जारी गर्दै सम्पर्कविहीन रहेका २१ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो ।
गैर हाजिर भएका प्रहरीहरूको नाम ठेगानासहित सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिनुका साथै सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने र कारबाही हुने नेपाल प्रहरीले जनाएको छ ।



















