सोल्टीमोड क्षेत्रमा मोबाइल लुट्ने ‘च्वाँचे ग्याङ’ समातियो
थानकोट ।
काठमाडौंको कालीमाटी, टंकेश्वर र सोल्टीमोड क्षेत्रमा मोबाइल लुट्ने ‘च्वाँचे ग्याङ’ प्रहरी फन्दामा परेको छ ।
आइतबारमात्रै राति साढे आठ बजे टंकेश्वरमा एक व्यक्तिलाई यो समूहले कुटपिट गरी मोबाइल लुटेर लगेको सूचना प्रहरीमा पुगेपछि प्रहरी वृत्त कालीमाटीले लुटपाटमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा कालीमाटी बस्ने च्वाँचे भन्ने सुरज थापा, सन्तोष तामाङ र धादिङ धुनिवेशीका प्रविन भण्डारी छन् ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार च्वाँचे समूहले टंकेश्वर र कालिमाटी क्षेत्रमा श्रृंखलाबद्ध लुटपाट गरेको पाइएको छ ।


















