चाँदी जस्तो १२ केजी धातुसहित नागढुङ्गा नाकाबाट समातिए एक युवा
थानकोट ।
चाँदी जस्तो देखिने धातुका गहनासहित एक जना युवा नागढुङ्गा नाकाबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडाैंका अनुसार सोमबार बिहान वीरगञ्जबाट काठमाडाैंतर्फ आउँदै गरेको बा.प्र. १-००३ ख ३७०१ नम्बरको बसका सहचालक बाराको कलैया उपमहानगरपालिकाका ३२ वर्षीय अनिस कुमार सिंह पक्राउ परेका हुन् ।
उनले लुकाएर ल्याएको उक्त धातुबाट बनेका सिक्री, चन्द्रमा, पाउजु लगायतका गहना फेला परेपछि बिल बिजक खोजी हुँदा सो फेला नपरेपछि सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीमाथि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडाैंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिए ।













