पूर्व मन्त्री तथा नेकपा एमालेका नेता लालबाबु पण्डितलाई पत्नी शोक
थानकोट ।
पूर्व मन्त्री एवम् नेकपा एमालेका नेता लालबालु पण्डितलाई पत्नी शोक परेको छ ।
उनकी पत्नी बिमला महतको गएराति पौने १ बजे ६० वर्षको उमेरमा निधन भएको नेता पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
बिमलाको स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचार भइरहेको थियो ।


















