सर्वोच्च शिखर आरोहण गर्ने चन्द्रागिरिका विधान श्रेष्ठलाई जेठ १७ मा नगरपरिक्रमा गराइँदै

Thankot Times

थानकोट ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला राख्न सफल मच्छेगाउँका २६ वर्षीय विधान श्रेष्ठलाई स्थानीयले भव्य सम्मान गर्ने भएका छन् ।

सगरमाथा शिखरमा पुग्ने पहिलो चन्द्रागिरिबासी भएको दाबी गरिएका श्रेष्ठलाई यही शनिबार सम्मानको कार्यक्रम राखिएको चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँका वडाध्यक्ष अच्यूत अधिकारीले जानकारी दिए

श्रेष्ठ यही जेठ ५ मा सगरमाथाको चुचुरोमा पुगेका थिए ।

शनिबार बिहान ७ बजे तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्र भेला भइ मच्छेगाउँस्थित तल्लो डबलीमा एक कार्यक्रम गरि श्रेष्ठलाई नगर परिक्रमासहित सम्मान गर्ने तयारी छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *