नागार्जुनमा भ्यानबाट खसेर एक जनाको मृत्यु

Thankot Times

थानकोट ।

काठमाडौंको नागार्जुनमा भ्यानबाट खसेर एक जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान नागार्जुन नगरपालिका-६ टेम्पो पार्कमा भ्यानबाट खसेर एक जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

नागार्जुन नगरपालिका-६ रामकोट बस्ने उदयपुर कटारी नगरपालिका-७ घर भएकी ३८ वर्षीया कोपिला परियारको मृत्यु भएको हो।

महाँकालबाट सीतापाईलातर्फ जाँदै गरेको बा.प्र.०१-००२ ज ७०५७ नम्बरको भ्यानबाट कोपिला खसेकी हुन्। घाइते भएकी उनको उपचारको लागि मनमोहन अस्पतालमा लगिएको थियो।

त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो।

प्रहरीले भ्यानका चालकलाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *