इन्धनको मूल्य बढ्याे
थानकोट ।
नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ।
नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा १ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो।
नयाँ सूची अनुसार पेट्रोल प्रतिलिटर १५९ र डिजेल प्रतिलिटर १४३ रुपैयाँ कायम भएको छ।
याे मूल्य आज राति १२ बजेबाट लागू हुनेछ।


















