थानकोटमा माेटरसाइकल दुर्घटना, एक जनाकाे ज्यान गयाे
थानकोट ।
चन्द्रागिरि नगरपालिका –४ थानकोट पानीघाटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मकवानपुरको चित्लाङबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०२–०२१ प ८०६८ नम्बरको मोटरसाइकल शनिबार बेलुका पौने ८ बजे दुर्घटना भएको थियो ।
दुर्घटनामा नुवाकोटको ककनी– १ की ३६ वर्षीया सुनिता बलामीको निधन भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी बलामीको एपीएफ अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकलको पछाडि चढेकी थिइन् ।
अर्का घाइते नुवाकोटकै मानबहादुर बलामीको भने एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको छ ।
उनीहरु चित्लाङबाट काठमाडौं आउँदै थिए ।












