प्रेस काउन्सिलद्वारा दियाे पाेष्टमाथि प्रतिबन्ध, नेपालभर पाेर्टल नखुल्ने
थानकोट ।
अनलाइन सञ्चारमाध्यम दियोपोष्ट डटकममाथि प्रेस काउन्सिलद्वारा प्रतिबन्ध लगाएको छ ।
नियतबस समाचार लेखेको भन्दै काउन्सिलले सो अनलाइन सञ्चारमाध्यमलाई देशैभर हेर्न नमिल्ने बनाइएको छ ।
सञ्चार माध्यमको नियामक निकाय प्रेस काउन्सिल नेपालले केही समयअघि सो अनलाइनलाई कालोसूचिमा राखेको थियो ।
रीता बुढाथोकी सम्पादक र सुदिप विक सञ्चालक रहेको दियोपोस्ट डटकममा प्रकाशित समाचारमाथि प्रतिबन्ध लगाउने र सञ्चार माध्यममाथि नै समाचार प्रकाशनमा प्रतिबन्ध गरेको भन्दै नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ध्यानाकर्षण भएको जनाएकाे छ ।
३ वर्षअघि प्रेस काउन्सिल नेपालका अध्यक्ष वालकृष्ण बस्नेतको अनुभव पत्र सम्बन्धी समाचार लेखेको सम्बन्धमा सो समाचार स्थगन गर्नुपर्ने आदेश दिइएको थियो ।
सो समाचार स्थगन नगरे सञ्चार माध्यमलाई दूरसंचार प्राधिकरणमा पत्राचार गरि देशैभर हेर्न नमिल्ने बनाइने भनि गरिएको स्प्रष्टिकरण सोधिएको थियो ।
सो अनलाइनले नियमनकारी निकायको आदेशलाई अटेर गर्दै आएको थियो ।


















