जान्नुहाेस आज दिनभरकाे माैसम पूर्वानुमान
थानकोट ।
देशका केही भू-भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।
बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोसी प्रदेशका केही स्थान र बाँकी पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
विभागले राति कोसी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू-भागमा मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशका थोरै स्थानहरूमा तथा वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । कोसी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव छ ।












