सतुङ्गलमा घरायसी फोहोर व्यवस्थापन तालिम सञ्चालन हुँदै
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. ११ को कार्यालय तथा इनर व्हील क्लब अफ चन्द्रागिरिको संयुक्त आयोजनामा सतुङ्गलमा आज घरायसी फोहोर व्यवस्थापन सम्बन्धी तालिम कार्यक्रम सञ्चालन हुँदैछ ।
विश्व वातावरण दिवसको छेको पारेर सो कार्यक्रम आयोजना गरिएको हो ।
चन्द्रागिरि नगरपालिका-११ सतुङ्गलको वडा कार्यालय हातामा सो कार्यक्रम बिहान ७ बजेबाट सुरु हुने वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठले जानकारी दिए ।













