कीर्तिपुरमा जुवातास खेलिरहेका ७ जना प्रहरीको फन्दामा

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिका-५ राराहिल स्थित एनडब्लुए नेवारी खाजा घरमा जुवातास खेलिरहेको जुवाडेहरू पक्राउ परेका छन् ।

जुवा खेलाइरहेका खाजा घरका संचालक सोही ठाउँ बस्ने ३९ वर्षीय राकेश महर्जन समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ७ हजार ७ सय ३५ रूपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *