सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा

Thankot Times

थानकोट ।

काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनि सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने चार ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ ।

ट्राफिक प्रहरीका नायब निरीक्षक सई ईश्वर महर्जनसहित चारजनालाई जिम्मेवारीबाट हटाएर सशस्त्र प्रहरी गण महाराजगञ्जमा सरुवा गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका एसपी दीपक गिरीका अनुसार, चारमध्ये एकजना पहिले नै धादिङ गइसकेका छन् ।

“सर्वसाधारणलाई कुटपिट गरेको भिडियो भाइरल भइसकेपछि हामीले नियमअनुसार, कारबाही गरेर पठाएका हौँ,” एसपी गिरीले भने ।

२०८१ मंसिर २३ मा सुन्धारास्थित आकाशे पुलमुनि भएको घटना बाहिरिएको थियो ।

त्यसपछि उनीहरुमाथि ट्राफिकले छानबिन गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *