चन्द्रागिरि बस्दै आएका नेपाल बैंकका तत्कालीन अध्यक्ष अख्तियारको फन्दामा
थानकोट ।
नेपाल बैंक लिमिटेडका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध तीनवटा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा तीनवटा मुद्दा दर्ता गरेको हो ।
अधिकारीमाथि कर्जा प्रवाहका क्रममा घुस र कमिसन लिएको लगायत आरोप छन् ।
उनले आफ्ना चालक उमेश महर्जनमार्फत ऋणीहरूबाट कर्जाबापत कमिसन संकलन गरेको अनुसन्धानबाट पत्ता लागेको अख्तियारको दाबी छ ।
अख्तियारले गत वर्ष माघ २९ गते अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।
अख्तियारको छानबिनपछि नेपाल राष्ट्र बैंकले पनि अधिकारीमाथि कारबाही गरेको छ ।
अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेपछि राष्ट्र बैंकले अधिकारीलाई अध्यक्षबाट हटाउन नेपाल बैंक लिमिटेडको सञ्चालक समितिलाई निर्देशन दिएको थियो ।
त्यसपछि उनी बैंकको अध्यक्ष पदबाट हटाइएका थिए ।













