ललितपुरको महालक्ष्मीसहित दुई वटा स्थानीय तहको केन्द्र परिवर्तन गर्ने सरकारको निर्णय

Thankot Times

थानकोट ।

नेपाल सरकारले दुई वटा स्थानीय तहको केन्द्र परिवर्तन गर्ने निर्णय गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ललितपुरको महालक्ष्मी नगरपालिका र दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् निर्णय अनुसार महालक्ष्मी नगरपालिकाको केन्द्र वडा नम्बर ४ को कमलपोखरीबाट परिवर्तन गरी ८ नम्बर वडाको लुभु देवीस्थान कायम हुनेछ ।

यस्तै, दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र वडा नम्बर ४ को चिराघाटबाट ४ नम्बरकै जुम्लेकुला कायम हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *