कीर्तिपुर नगरपालिका आज पूर्ण खोप सुनिश्चितता नगर घोषित हुँदै

Thankot Times

थानकोट ।

काठमाडाैंको कीर्तिपुर नगरपालिका आज बिहीबार पूर्ण खोप सुनिश्चितता नगर घोषित हुँदैछ ।

नगरका सबै १० वडामा घरधुरी सर्वेक्षण, वडा भेरिफिकेशन तथा पूर्णखोप वडा घोषणा सम्पन्न भएपछि बिहीबार नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा आयोजना गर्न लागिएको हो ।

नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गर्नुअघि बिहान ७ बजेबाट नगरपालिकाबाट सद्भाव र्याली निस्कनेछ ।

सो र्याली कीर्तिपुर पार्टी प्यालेस पुगेर घोषणा सभामा बदलिने कीर्तिपुर नगरपालिका खोप समन्वय समितिका सदस्य सचिव सन्तमान मानन्धरले जानकारी दिए ।

पूर्णखोप सुनिश्चितता हुन बालबालिकाले पोलियो, दादुरा, हेपाटाइटिस, जापानीज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायत रोगको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेको हुनुपर्ने मापदण्ड छ ।

तस्वीरः सामाजिक सञ्जाल । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *