अनि चन्द्रागिरिका जनप्रतिनिधि कक्षा कोठामा विद्यार्थीसँगै बसेर शिक्षकलाई सुन्न थाले

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयको गतिविधि कडाइका साथ अनुगमन गर्ने भएको छ ।

नगर क्षेत्रका केही सामुदायिक विद्यालयमा शैक्षिक गतिविधि सुस्ताएको गुनासो बढेपछि नगरले विद्यालयको कक्षा कोठामै पुगेर अनुगमन गर्न थालेको हो ।

चन्द्रागिरि नगरपालिका-४ थानकोटस्थित चुनदेवी माविबाट विद्यालय अनुगमनको क्रम सुरु गरिएको नगरप्रवक्ता एवं सो वडाका वडाध्यक्ष कृष्णप्रसाद खड्गीले जानकारी दिए । 

उनका अनुसार नगर क्षेत्रका सबै १५ वटै वडामा रहेका सामुदायिक विद्यालयको कक्षा कोठामै पुगेर विद्यार्थीहरूसँग विद्यालयका गुनासासमेत संकलन गरिनेछ । सो क्रममा शिक्षकहरूले पढाएको समेत अनुगमन हुनेछ । 

केही विद्यालयमा विद्यार्थी-शिक्षकको अनुपात असामान्य पाइएको र त्यस्ता विद्यालयको शैक्षिक गुणस्तर समेत ओरालो लागेको गुनासो बढेपछि नगरले विद्यालय अनुगमन सुरु गरेको प्रवक्ता खड्गीको भनाइ छ ।

चन्द्रागिरि नगरपालिकाले शिक्षक-विद्यार्थीको अनुपात हेरेर नगर क्षेत्रका सामुदायिक विद्यालयको आवश्यकता अनुसार शिक्षकहरूको सरुवा गर्ने बारेमा पनि तयारी भइरहेको बुझिएको छ ।

तस्वीरः नगरप्रवक्ता कृष्णप्रसाद खड्गीको फेसबुकबाट । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *