चन्द्रागिरि-१२ बलम्बुमा नाैलो अभ्यास, न्यायिक प्रकृयामा सहजीकरणका लागि कानुनी सल्लाहकार

Thankot Times

थानकोट।

वडाबासीहरूको न्यायिक क्षेत्रमा पहुँच पुर्याउन सहायता गर्ने लक्ष्यका साथ चन्द्रागिरि नगरपालिका-१२ बलम्बुले कानुनी सल्लाहकार नियुक्त गरेको छ ।

वडा समितिको बैठकले अधिवक्ता सत्यराज श्रेष्ठलाई वडाको कानुनी सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

बलम्बुबासी कसैलाई न्यायिक क्षेत्रमा सहयोग आवश्यक परेमा सो कार्यका लागि सहजीकरण गर्न सहज हुने अपेक्षासहित कानुनी सल्लाहकार नियुक्त गर्ने निर्णय गरेका हाैं, वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनले भने ।

सहकारीकर्मीसमेत रहेका श्रेष्ठ चन्द्रागिरि नगरपालिका वडा नं. १२ का सामाजिक मेलमिलापकर्ता समेत हुन् ।

वडा कार्यालयले गत साता बलम्बुमा जनप्रतिनिधि, कानुन व्यवसायी र लेखापढी व्यवसायीबीच संयुक्त बैठक समेत राखेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *