ग्वार्को ओभरपास उद्घाटन
थानकोट ।
काठमाडाैं चक्रपथ अन्तर्गत ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास आज शुक्रबार प्रधानमन्त्री केपी ओली र उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
२०७८ फागुन १२ मा ठेक्का लागेको यो परियोजना सम्पन्न हुन ४ वर्षभन्दा बढी समय लाग्यो ।
सुरुमा करिब १७ करोड ६ लाख ८८ हजार ८८८ मा सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएको यो परियोजना सम्पन्न हुँदा कूल ३१ करोड ४६ लाख ५१ हजार ४४० पुगेको सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।
दुई वर्षभित्र निर्माण काम सम्पन्न गर्नुपर्ने ओभरपास पटक पटक म्याद थप साथै डिजाइन नै परिवर्तन गरी अहिले उद्घाटन भएको हो ।



















