नागार्जुन नगरका मेयर बस्नेत घुस लिएको आरोपमा दोषी ठहर
थानकोट ।
काठमाडाैंको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई शुक्रबार विशेष अदालतले घुस लिएको आरोपमा दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको हो ।
विशेष अदालतले बस्नेतले राजु कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ लिएको ठहरसहित सम्पती शुद्धिकरण (अपराधबाट आर्जित सम्पती लुकाएको कसुर) मा समेत दोषी ठहर गरेको छ ।
विशेषले बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ ‘सम्पती शुद्धिकरण’ गरेको ठहर गरेको हो ।


















