कतारमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

Thankot Times

थानकोट ।

कतारमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्क रहन आग्रह गरेको छ ।

इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा हिजो हवाई हमला गरेपछि दूतावासले नेपाली नागरिकलाई सतर्क भएर बस्न भनेको हो ।

शान्त भएर बस्न र कतार सरकारको आधिकारिक सूचना र निर्देशन पालना गर्न दूतावासको आग्रह छ ।

अमेरिकी सैन्य अड्डामा इरानले हवाई हमला गरेपछि कतारमा रहेका नेपाली त्रासमा छन् ।

कतारमा झन्डै साढे तीन लाख नेपाली कार्यरत छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *