चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी स्पेन प्रस्थान

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका प्रमुख मेयर घनश्याम गिरी संयुक्त राष्ट्र संघको संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम (यूएनएपी)ले जुन ३० देखी जुलाइ ३ सम्म स्पेनको सेभिल्लामा आयोजना गर्ने विकासको लागि वित्तपोषण सम्बन्धी चाैथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन् ।

सो सम्मेलनमा नेपालका तर्फबाट सहभागी हुने उनी एकमात्रै मेयर हुने बताइएको छ ।

जहाँ उनले उच्चस्तरीय बैठकसहित विभिन्न तीनवटा कार्यक्रममा मन्तव्य दिने तालिका रहेको बताइएको छ । सम्मेलनमा भाग लिन मेयर गिरी शनिबार साँझ ६ बजे कतारको राजधानी दोहा हुँदै स्पेनको बार्सिलोनाका लागि उड्नेछन् ।

आइतबार बिहान उनी बार्सिलोनाबाट सेभिल्लाका लागि प्रस्थान गर्नेछन् ।

मेयर गिरी सवार जहाज असार २१ गते बिहान ९ः४५ बजे काठमाडाैं अवतरण गर्ने तालिका छ ।

तस्बिरः नगरप्रवक्ता कृष्णप्रसाद खड्गीको सचिवालय


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ