बाँडभञ्ज्याङ-मसिने सडक अवरुद्ध, खुलाउने प्रयास जारी
थानकोट ।
गए रातिको वर्षासँगै सडकमा पहिरो खसेपछि बाँडभञ्ज्याङ-मसिने सडक अवरुद्ध छ ।
सो सडकमा विभिन्न खण्डमा माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
गएरातिको वर्षापछि सडक माथिबाट पहिरो खस्दा मसिनेमा एउटा कार पुरिएकोमा सो कारको तत्कालै उद्दार गरिएको प्रहरीले जनाएको छ ।
पहिरोका कारण अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको चन्द्रागिरि नगर प्रहरीले जनाएको छ ।
सडकमा खसेको ढुङ्गा र माटोको परिमाण ठूलो भएपछि डोजरको सहायतामा सो पहिरो पन्छाउने प्रयास भइरहेको बुझिएको छ।












