बिहानै दुःखद खबर, रसुवागढीमा भीषण बाढीपहिरो, धनजनको व्यापक क्षति, उद्दार कार्य जारी
थानकोट ।
नेपाल-तिब्बत सीमा क्षेत्र रसुवाको रसुवागढिमा बाढी र पहिराेले व्यापक क्षति पुर्याएकाे छ।
गए राति ३:१५ बजेदेखि पहिराेसहित आएकाे बाढीले पुलसहित केही सवारि साधन बगाएकाे खबर छ।
अहिले सो क्षेत्रम खाेज तथा उद्वार कार्य भैरहेकाे खबर प्राप्त भएको छ।
स्थानीयले बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षेति पुर्याएको बताएका छन् ।
भीषण वर्षासँगैको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । ससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ ।
भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको छ ।
यस विषयमा थप विवरण आउन बाँकी छ।

तस्बीरः सामाजिक सञ्जाल


















