मच्छेगाउँ टाैखेलका ३० जनाले पाए लालपुर्जा
थानकाेट ।
चन्द्रागिरि नगरपालिका वडा नं ०९ मच्छेगाउँ टाैखेलमा ३० घरलाई मंगलबार जग्गाधनी प्रमााणपत्र (लालपुर्जा) वितरण गरिएको छ ।
चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले एक कार्यक्रमका बीच यहाँका ३० जना स्व-बासीलाई लालपुर्जा वितरण गरेका हुन् ।
उनीहरु पुस्ताैंदेखी यहाँ बसाेबास गर्दै आएको भएतापनि जग्गाकाे स्वामित्व आफ्नो नाउँ नहुँदा विविध समस्याबाट गुज्रिरहेका थिए ।
नगर प्रमुख गिरीले चन्द्रागिरि नगरका मच्छेगाउँ, बलम्बु, किसिपिडी लगायत अन्य केही बस्तीमा अझै पनि लालपूर्जा विहिन स्वबासीहरू भएकाले उनीहरूले पनि चाँडै जग्गाको प्रमाण पुर्जा प्राप्त गर्नेमा आशावादी रहेको बताए ।
चन्द्रागिरि नगरमा पहिलोपटक ल्याण्डपुलिङ मार्फत समुदाय आफैं अग्रसर भएर वस्ती विकास भएको छ, यो उदाहरणीय प्रयास अन्य बस्तीहरूले पनि सिक्न जरुरी छ मेयर गिरीले भने ।
लालपुर्जा वितरण कार्यक्रममा चन्द्रागिरि नगरका प्रवक्ता कृष्णप्रसाद खड्गी, चन्द्रागिरि १४ का वडाध्यक्ष राजभाइ महर्जन, बागमती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ, नापी कार्यालय कलंकीका प्रमुख केशव लेखक, लुमन्ती आवास परियोजनाका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत स्थानीयको बाक्लो सहभागिता रहेको थियो।












