नेपाल टेलिकमको इन्टरनेटमा समस्या

Thankot Times

थानकोट ।

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक, नेपाल टेलिकमले इन्टरनेट सेवामा समस्या आएको जानकारी गराएको छ ।

यो समस्या मंगलबार बिहान १:३० बजेदेखि सुरु भएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय सेवा प्रदायकहरूबाट इन्टरनेट किनेर ग्राहकहरूलाई सेवा दिँदै आएको छ । तीमध्ये एउटा सेवा प्रदायकको नेटवर्कमा समस्या आएकाले यो अवरोध भएको टेलिकमले जनाएको छ ।

कम्पनीका अनुसार अन्तर्राष्ट्रिय नेटवर्कमा समस्या आएपछि सम्पूर्ण इन्टरनेट ट्राफिक वैकल्पिक सेवा प्रदायकबाट सञ्चालन गरिएको छ । यसले गर्दा वैकल्पिक लिंकमा चाप बढेको र नेपाल टेलिकमको इन्टरनेट सेवाको गतिमा केही समस्या उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले समस्या समाधान गरी सेवा पुन:र्स्थापनाका लागि तत्कालै प्रयास भइरहेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *