भारी वर्षापछि थानकोट-चन्द्रागिरि भन्ज्याङ सडकमा पहिरो, चन्द्रागिरिका अन्य स्थानमा के भयो ?
थानकोट ।
मंगलबार राति (बुधबार बिहान) भएको भारी वर्षापछि थानकोट-चित्लाङ सडकको चन्द्रागिरि खण्डमा पहिरो गएको छ ।
सो सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेको सडक प्रयोगकर्ताहरुले जानकारी दिएका छन् ।
केही स्थानमा लेदो थुप्रिएको छ भने केही स्थानमा ढुङ्गा खसेर सडक छेकेको छ ।
सो समाचार तयार पार्दा सम्म सो सडकमा यातायात सञ्चालन हुन सकेको छैन् ।
प्रहरी वृत्त थानकोटका अनुसार बिहान ७ः३० बजेसम्म चन्द्रागिरि नगर क्षेत्रमा बुधबार बिहानको वर्षासँग सम्बन्धित कुनै घटनाको सूचना प्राप्त भएको छैन् ।
नागढुङ्गा नाका हुँदै ओहोर दोहोर गर्ने सवारी साधन सामान्य रुपमै सञ्चालन भइरहेको ट्राफिक प्रभाग नागढुङ्गाले जनाएको छ ।

तस्बिरः प्रेम बलामी












