थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी सम्पर्कमा आए

Thankot Times

थानकोट ।

रोल्पाको थबाङ गाउँपालिकाका सात कर्मचारी सम्पर्कमा आएका छन् । 

प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालका अनुसार उनीहरू सबै सम्पर्कमा आएका छन् । 

“मैले हिजो राति १० बजेतिर सम्पर्क गर्दा प्रमुख प्रशासकीय अधिकृतसँग कुरा भएको थियो,” प्रमुख जिल्ला अधिकारी दाहालले भने, “सकुशल छौँ, लिवाङ आउँदैछौँ भन्नु भएको छ । बिहान पनि सम्पर्क भएको छ । हामी काम सकेर फर्किंदै छौँ भन्नुभएको छ ।” 

नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका उनीहरू सम्पर्कविहीन भएको भन्दै थबाङ गाउँपालिकाले विज्ञप्ति जारी गर्दै जानकारी दिएको थियो ।  

प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर, हरिश माझी (सहायक प्रशासन पाँचौँ), यज्ञप्रसाद कँडेल (सह–लेखापाल), चन्द्रप्रकाश ओली (सब–इन्जिनियर) छन् । निशा आचार्य (सब–इन्जिनियर), शिवकुमार वली (खा.पा.स.टे), प्रदीप केसी (सवारी चालक) सम्पर्कविहीन भएका थिए । 

कर्मचारी सम्पर्क विहिन भएपछि पालिकाले सूचना नै जारी गरेको थियो ।

सूचना हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *