चन्द्रागिरिमा सडक बत्ती मर्मत गर्ने क्रममा दुर्घटना, एक जनाकाे ज्यान गयाे
थानकोट ।
सडक बत्ती मर्मत गर्ने क्रममा गम्भीर घाइते भएका प्राविधिककाे उपचारका क्रममा निधन भएको छ।
प्रहरी वृत्त थानकाेटका अनुसार चन्द्रागिरि नगरपालिका-०५ महादेवस्थान किसिपिडीमा शुक्रबार बिहान सडक बत्ती मर्मत गर्ने क्रममा स्थानीय ३६ वर्षीय नवीन महर्जन करेन्ट लागेर भुइँमा खसेर गम्भीर घाइते भएका थिए ।
साे पश्चात उनलाई उपचार गर्न तत्काल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लगिएकोमा उनको बिहान १० बजे उपचारका क्रममा मृत्यु भएको प्रहरी वृत्त थानकोटले जनाएकाे छ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।












