चन्द्रागिरिमा शुक्रबार फरक-फरक दुर्घटनामा दुई जनाले ज्यान गुमाएको घटनाको अपडेट
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा शुक्रबार (असार २७) दुई फरक फरक घटनामा दुई जना युवाको ज्यान गएको छ ।
प्रहरी वृत्त थानकोटका अनुसार शुक्रबार बिहान थानकोटबाट कलंकीतर्फ जाँदै गरेको बा ८५ प ४८२२ नम्बरको मोटरसाइकल तीनथानास्थित मूल सडकमा अनियन्त्रित भएर दुर्घटना हुँदा चालक रोशन ढकालको मृत्यु भएको थियो ।
ढकालको उपचारका क्रममा कलंकीस्थित एक अस्पतालमा निधन भएको हो । चन्द्रागिरि नगरपालिका-०४ थानकोट निवासी मृतक ढकालको पोस्टमर्टन सम्पन्न भइ शव सम्बन्धित परिवारले बुझिलिएको प्रहरी वृत्तले जानकारी दियो । यस बारेमा शुक्रबार प्रकाशित समाचार पढाैं
तीनथानामा आङ नै सिरिङ्ग हुने दुर्घटना, थानकोट निवासी मोटरसाइकल चालकको ज्यान गयो
यस्तै, शुक्रबार नै बिहान चन्द्रागिरि नगरपालिका-०५ महादेवस्थान किसिपिडीस्थित (रिब्स मावि) नजिकै सडक बत्ती मर्मत गर्न खटिएका ३६ वर्षीय पुरुष करेन्ट लागेर भुँइमा खस्दा गम्भीर घाइते भएपछि उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लगिएको मा उनको त्यहाँ उपचारका क्रममा बिहान १० बजे निधन भएको थियो । मृतक नवीन महर्जनको पोस्टमर्टन सम्पन्न भइ शव सम्बन्धित परिवारले बुझिलिएको प्रहरी वृत्तले जानकारी दियो ।
यस बारेमा शुक्रबार प्रकाशित समाचार पढाैं
चन्द्रागिरिमा सडक बत्ती मर्मत गर्ने क्रममा दुर्घटना, एक जनाकाे ज्यान गयाे












