जग्गा किर्तेमा संलग्न धुनिवेशीका वडाअध्यक्ष कलंकीबाट पक्राउ

थानकोट ।

जग्गा किर्तेमा संलग्न रहेको अभियोगमा बहालवाला वडा अध्यक्ष पक्राउ परेका छन् ।

शनिबार बिहान काठमाडौँको कलङ्कीबाट प्रहरीले धादिङको धुनिवेशी नगरपालिकाका एक जना वडाध्यक्षलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धुनीवेशी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदी छन् ।

उनले उमेर नपुगेको नाबालकलाई उमेर पुगेको देखाई झुटो जन्म दर्ता प्रमाणपत्र तयार पारिदिएका थिए ।

वडा अध्यक्षको संलग्नताले बनाइदिएको नागरिकताको आधारमा नागरिकता बनाई त्यसको प्रयोग गरी जग्गा बिक्री गरेको खुलेपछि सोही अभियोगमा जिल्ला अदालत धादिङमा वडा अध्यक्ष सुवेदी माथि मुद्दा दर्ता भएको थियो ।

प्रहरीको खोजी सूचीमा रहेका सुवेदीलाई काठमाडौंमा पक्राउ गरेपछि थप अनुसन्धानका लागि धादिङ लगिएको छ ।

सुवेदी २०७४ साल र २०७९ सालको निर्वाचनमा निर्वाचित भई वडा अध्यक्षको रूपमा कार्यरत थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *