आज साउने साेमबार, शिवालयमा श्रद्धालुकाे घुइँचो
थानकोट ।
साउन महिनाको पहिलो सोमबार। साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ।
नेपाल तथा भारतका शिवालयमा श्रद्धालुको घुइँचो छ। काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सिन्धुलीको कुशेश्वरलगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। यस्तै चन्द्रागिरि नगरका महादेव मन्दिरहरुमा समेत श्रद्धालुहरुकाे भीड लागेको छ ।
ज्योतिषशास्त्रमा सोमबारको स्वामी भगवान् शिवलाई मानिएको छ। त्यसैले यो दिनको उनको आराधना गरिन्छ। आफू र परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ।
शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ।
यो वर्ष साउनको २ सहित ९,१६,२३ र ३० गते सोमबार परेको छ।












