साउन १ गतेदेखि धरहरा बेलुकी ८ बजेसम्म खुल्ला रहने

Thankot Times

थानकोट।

काठमाडौंस्थित धरहरा अबदेखि बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ ।

साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने सहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीले जानकारी दिए । 

उनका अनुसार, अब सार्वजनिक बिदाको दिन पनि अब धरहरा चढ्न पाइनेछ ।

“अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म दुई सिफ्टमा धरहरा सञ्चालन गर्दै छौँ । धरहरा घुम्न चाहनेहरूका लागि सार्वजनिक बिदाको दिन पनि अब खुला रहनेछ,” मन्त्रालयका प्रवक्ता मैनालीले भने ।

धरहरा अहिले दैनिक बिहान १० देखि अपराह्न ४ बजेसम्ममात्र खुला रहने गरेको छ ।

अहिले सार्वजनिक बिदाको दिन धरहरा बन्द हुन्छ ।

शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *