सरकारी छाप र कागजात किर्ते गर्ने गरेको आरोपमा खड्का पक्राउ

Thankot Times

थानकोट ।

विभिन्न सरकारी कार्यालय तथा बैंकहरूको नक्कली छाप तथा विवरण तयार पार्ने गरेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले झापाका ५२ वर्षीय सफराज खड्कालाई पक्राउ गरेको हो ।

सीआईबीका अनुसार, खड्काले महाराजगन्ज चोकनजिक पसल सञ्चालन गरेर सरकारी कागजात किर्ते तथा बैंक स्टेटमेन्ट, विभिन्न निकायबाट जारी हुने प्रमाणपत्र नक्कली बनाउने गरेको खुलेको छ ।

उनलाई विशेष सूचनाको आधामार पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी युवराज खड्काले जानकारी दिए । उनको साथबाट विभिन्न सरकारी कार्यालयका नक्कली छाप बरामद गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *