दुर्गा प्रसाईंले साईबर अपराध मुद्दामा सफाई पाए
थानकोट ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विद्युतिय अपराध (साईबर क्राईम)को आरोपबाट सफाई पाएका छन् ।
जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई दुईवटा साईबर अपराधको मुद्दामा सफाई दिएको हो ।
न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले छुट्टाछुट्टै दुईवटा मुद्दामा प्रसाईंलाई सफाई दिएको हो ।
उनीविरुद्ध रोशन सुवेदी र टीका संग्रौलाले जाहेरी दिएपछि प्रहरीले साइबर अपराधको मुद्दा दायर गरेको थियो ।
उनीमाथि सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको र समाजमा घृणा फैलाएको आरोप थियो ।
काठमाडाैंको तिनकुनेमा चैत्र १५ मा भएको विध्वंसात्मक घटनामा संलग्न भएको आरोपमा प्रसाईं हाल थुनामा रहेका छन् ।
फाइल फोटो


















