नियन्त्रित लागूऔषधसहित चन्द्रागिरिका पाँच जना युवा सतुङ्गलबाट समातिए
थानकोट ।
चन्द्रागिरि नगरपालिका-११ सतुङ्गलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४५ ट्याब्लेट र नगद ८ हजार ५ सय ८५ रूपैयाँ सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नैकाप बस्ने १ जना, सतुङ्गल बस्ने २ जना, थानकोट बस्ने १ जना र मातातिर्थ बस्ने १ जना युवा छन् ।
उनीहरू २२ देखी ३० वर्ष उमेरका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार बेलुकी उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
फाइल फोटो












