मच्छेगाउँ स्टेशन रहने गरि बन्ने भयो मोनोरेल तथा केबलकार, लम्बाइ ३.२७ किलोमिटर

Thankot Times

थानकोट ।

रोप-वे एण्ड केबलकार प्रालिले चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँ बटम स्टेशन रहने गरि मोनोरेल तथा केबलकार सञ्चालन गर्ने भएको छ ।

कम्पनीले १ हजार ८ सय २० मिटर लम्बाइको केबलकार तथा ३ हजार २७ मिटर लम्बाइको मोनोरेल सञ्चालनका लागि क्षेत्र निर्धारणका लागि सूचना जारी गर्दै सुझाव माग गरेको छ ।

सूचनामा उल्लेख भएअनुसार केबलकारको तल्लो स्टेशन चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँमा र माथिल्लो स्टेशन दक्षिणकाली नगरपालिका वडा नं. ९ मा रहनेछ ।

यस्तै, मोनोरेलको तल्लो स्टेशन चन्द्रागिरि नगरपालिका वडा नं. ०९ मच्छेगाउँमा र माथिल्लो स्टेशन दक्षिणकाली नगरपालिका वडा नं. ०९ मा हुनेछ । बीचको स्टेशन भने कीर्तिपुर नगरपालिका वडा नं. ४ चम्पादेवीमा रहनेछ ।

सो आयोजनाले चन्द्रागिरि नगरपालिका वडा नं. ९, कीर्तिपुर नगरपालिका वडा नं. ४, दक्षिणकाली नगरपालिका वडा नं. ९ र इन्द्रसरोबर गाउँपालिका वडा नं. ५ मा प्रभाव पार्ने बताइएको छ ।

सो आयोजनाका लागि वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन सम्बन्धी क्षेत्र निर्धारण गर्ने क्रममा सो क्षेत्रमा कस्तो प्रभाव पर्छ सोको लिखित राय सुझाव माग गरिएको कम्पनीले जनाएको छ ।

आइतबार (साउन ४ मा) प्रकाशित सूचना हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *