साउन महिनाको पहिलाे साेमबार भालेश्वरमा आरती हेर्न अपूर्व भीड
थानकोट ।
चन्द्रागिरि नगरपालिका-४ भालेश्वरस्थित महादेव मन्दिर क्षेत्रमा सोमबार आयोजित आरती हेर्न अपूर्व भीड जम्मा भएको छ।
साउन महिनाको पहिलाे सोमबार भएका कारण समेत आरतीमा सहभागी हुनेहरूको संख्या उल्लेख्य रहेको हो ।
आरतीमा सहभागी हुन चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, वडाध्यक्ष कृष्णप्रसाद खड्गी, नरेन्द्रराज श्रेष्ठ, श्रीकृष्ण खत्री, घनश्याम लुँइटेल लगायतका जनप्रतिनिधिसमेत भालेश्वर पुगेका थिए ।
साे मन्दिर हरेक दिन सन्ध्याकालीन आरती आयोजना हुँदै आएको भएपनि साउन महिनाको आरतीलाई विशेष बनाउन चन्द्रागिरि हिल्सले केबलकारकाे टिकटमा समेत सहुलियत दिएको छ।
जसअनुसार साउन महिनाको प्रत्येक सोमबार साँझ ४ बजेपछिको केबलकारको टिकटमा ४ सय रुपैयाँमै उपलब्ध हुनेछ ।
हाल केबलकारको दुईतर्फी टिकट मूल्य साधारणतर्फ ८२५ रुपैयाँ रहेको छ ।
साथै, साउन महिनाभरका सोमबारका लागि चन्द्रागिरि डाँडा पुग्ने पर्यटक तथा सेवाग्राहीलाई केबलकारको टिकटमा २५ प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ ।
महादेवको महिनाका रूपमा मानिने साउन महिनाको प्रत्येक सोमबार साँझ चन्द्रागिरि मन्दिरमा आरतीको विशेष कार्यक्रम आयोजना हुनेछ ।






साउने सोमबारको साँझ चन्द्रागिरि हिल्समा विशेष आरती हुने, ४ सय रुपैयाँमै केबलकारको टिकट












