मच्छेगाउँस्थित शान्ति वनमा झुण्डिएको अवस्थामा फेला परे एक पुरुष, सनाखत हुन बाँकी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ मच्छेगाउँस्थित शान्ति वनमा एक जना पुरुषको शव फेला परेको छ।

प्रहरी वृत्त थानकोटका अनुसार रुखमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको हो।

बिहीबार मध्यान्ह करिब १२ः३० बजे एक पुरुषको शव फेला परेको सूचना प्राप्त भएपछि अहिले प्रहरी घटनास्थलमा पुगेको बताइएको छ । चन्द्रागिरि नगरपालिका वडा नं. ९ का वडाध्यक्ष अच्युत अधिकारी पनि घटनास्थलमा पुगेका छन् ।

शवको पहिचान हुन बाँकी रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

टाउकोमा हेलमेट लगाएको अवस्थामा शव भेटिएको प्रारम्भिक विवरण छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *