जेब्रा झोलामा ६ किलो चरेस बोकेर सतुङ्गलमा हिँडिरहेकी मच्छेगाउँ बस्ने महिला पक्राउ
थानकोट ।
प्रहरीले सतुङ्गलबाट लागुऔषध चरेस बरामद गरेको हो ।
बुधबार साँझ चन्द्रागिरि नगरपालिका–११, सतुंगलस्थित सडकखण्डमा ६ किलो चरेससहित एक महिलालाई पक्राउ गरेको हो ।
प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले शंकास्पद रूपमा हिँडिरहेकी महिलामाथि चेक गर्दा उनको साथमा चरेस भेटिएको जनाइएको छ ।
पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका घर भई हाल मच्छेगाउँमा बस्ने ३९ वर्षीया पार्वती मगर रहेकी छन् ।
उनले बोकेको रातो रङको जेब्रा झोलाभित्र लुकाई राखेको अवस्थामा चरेस बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
उनीमाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।












