१९ वर्षीय किशोर वाडभञ्ज्याङमा मृत भेटिए
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. २ वाडभञ्ज्याङमा बिहीबार एक जना युवा मृत फेला परेका छन् ।
प्रहरीका अनुसार स्थानीय बाघ बछाला सामुदायिक वनको एक रुखमा झुण्डिएको अवस्थामा १९ वर्षीय सुरज बुढाको शव फेला परेको हो ।
उनी हुम्ला ताँजाकोट गाउँपालिका वडा नं. ५ का स्थानीय भएको बुझिएको छ ।
उता मच्छेगाउँमा समेत बिहीबार नै एक पुरुषको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ ।
कीर्तिपुरका व्यवसायी सकेश महर्जन शान्तिवन क्षेत्रमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
उनी गत असार ३१ गते मंगलबार बिहान करिब पौने १२ बजे कीर्तिपुर नगरपालिका वडा नं. ९ छुगाउँस्थित घरबाट निस्किएका ५० वर्षीय सकेशले हाँक्ने मोटरसाइकल मच्छेगाउँमा फेला परेपछि मच्छेगाउँ क्षेत्रमा पनि उनको खोजी तिव्र बनाइएकोमा स्थानीय बासिन्दा र शान्ति वनमा काममा खटिएका मजदुरहरूले रुखमा मान्छे झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
दुवै घटनाका बारेमा अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
मच्छेगाउँमा मृत भेटिए १० दिनदेखि सम्पर्कविहिन कीर्तिपुरका व्यवसायी सकेश महर्जन












