काठमाडाैंको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट साढे २ वर्षकी बालिकाको मृत्यु
थानकोट।
काठमाडाैंको गोकर्णेश्वर नगरपालिका-४ नाम्गेलमा बिहीबार ट्रकको ठक्करबाट साढे २ वर्षकी बालिकाको मृत्यु भएको छ ।
नाम्गेल कोलमति मार्गस्थित भित्री सडकमा मिनी ट्रकले ठक्कर दिँदा ती बालिकाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी नवराज अधिकारीले बताए ।
उनका अनुसार बा ३ ख ४३४५नम्बरको मिनी ट्रकले घर अगाडि खेल्दै गरेकी बालिकालाई दिउँसो पौन ४ बजेतिर ठक्कर दिएको थियो । सो क्रममा बालिकाको घटनास्थलमै मृत्यु भएको हो ।
चालकलाई पक्राउ गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


















