बागमती मन्त्रिपरिषद्का चार जना मन्त्रीले राजिनामा दिए

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले राजीनामा दिएका छन्।

पार्टी भित्रको आन्तरिक विवादका कारण उनीहरूले शुक्रवार राजीनामा दिएका हुन्।

शुक्रबार युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन्। अर्थ मन्त्री कुन्दन काफ्लेले भने राजीनामा दिएका छैनन्।

कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको कार्यशैलीबारे काङ्ग्रेसभित्र विवाद छ।

उनी विरुद्ध अविश्वासको प्रस्तावको तयारी समेत भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *